साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार पनि नेप्से परिसूचक घटेको छ।
गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तरता पाएको छ।
यस दिन नेप्से ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँमा सीमित भएको छ।
यस दिन २६४ वटा धितोपत्रको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य २५७ रुपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, सानिमा ग्रोथ फण्डको इकाई मूल्य ८.९३ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ ५ पैसा पुगेको छ।
यसैगरी, यसदिन ८.५ प्रभु बैंक डिवेञ्चर २०८७ को मूल्य सर्वाधिक ९.२९ प्रतिशतले घटेको छ।
उक्त डिवेञ्चरको मूल्य ७३८ रुपैयाँ पुगेको छ।
यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ८.३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५७३ रुपैयाँ ९० पैसामा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।
यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशतले घटेको छ।
मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४१० रुपैयाँमा ३ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ६९६ रुपैयाँ ६० पैसामा ३ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।