लगातार चार दिन घटेको नेप्से परिसूचक बुधबार झिनो अंकले बढेको छ।
यस दिन नेप्से ८.३९ अंकले बढेर १८७५.०७ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँमा बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँमा सीमित भएको छ।
यस दिन २६२ वटा धितोपत्रको २६ लाख २ हजार ९५६ कित्ता सेयर किनबेच भएको हो।
बुधबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य २८३ रुपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, सानिमा ग्रोथ फण्डको इकाई मूल्य ८.७ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ ७० पैसा पुगेको छ।
यसैगरी, यसदिन सिटिजन्स म्युचुअल फण्ड–१ को इकाई मूल्य सर्वाधिक ७.१४ प्रतिशतले घटेको छ।
उक्त योजनको इकाई मूल्य ७ रुपैयाँ २८ पैसा पुगेको छ।
यस्तै, न्यादी हाइड्रोपावरको सेयरमूल्य ४.५८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३२५ रुपैयाँमा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले बढेको छ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४०९ रुपैयाँमा ६ करोड ४३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.२४ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ५९० रुपैयाँमा २ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।