साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ८.२८ अंकले घटेको छ।
यस दिन नेप्से ०.४४ प्रतिशतले घटेर १८७५.०७ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँ पुगेको छ।
यस दिन २६९ वटा धितोपत्रको २८ लाख ७० हजार ८१९ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य ३११ रुपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, सिटिजन्स म्युचुअल फण्डको इकाई मूल्य ९.९४ प्रतिशतले बढेर प्रति इकाई मूल्य ७ रुपैयाँ ७४ पैसा पुगेको छ।
यसैगरी, यसदिन सामलिङ पावरको सेयर मूल्य सर्वाधिक ७.४३ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयर मूल्य ४२८ रुपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, खप्तडको सेयरमूल्य ५.८७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८८० रुपैयाँ १० पैसामा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४०५ रुपैयाँमा ४ करोड ९२ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९८ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल पुनर्बीमा कम्पनी रहेकोे छ। उक्त कम्पनीको ७२३ रुपैयाँमा २ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।