नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कोशी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
कोशी प्रदेशको बेलबारी नगरपालिका वडा नम्बर–९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।
बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई र बैंकका कोशी प्रदेशका प्रमुख राजीव गजुरेलले संयुक्त रूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्।
उद्घाटन गर्दै मेयर दिल प्रसाद राईले आर्थिक कारोबार अब बैंकमार्फत् नै हुने भएकाले त्यहाँका बासिन्दाहरूलाई सहज हुने बताए। कार्यक्रममा बेलबारी नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष शालिग्राम बस्नेत उपस्थिति रहेका थिए।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष शालिग्राम बस्नेतले बैंकको पहुच वाहिर रहेको डाँगीहाट तथा आसपासमा रहेका सेवाग्राही तथा उद्योगी व्यवसायीहरूलाई बैंकिङ सुविधा सहज रूपमा उपलब्ध हुने बताए।
बैंकका कोशी प्रदेश प्रमुखले सेवाग्राहीहरूलाई एक्सटेन्सन काउन्टरमार्फत् बैंकले प्रभावकारी सेवा दिइने बताए।
एक्सटेन्सन काउन्टरमार्फत् सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरूप बैंकले यसअघि पनि विभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू विस्तार गरिसकेको छ।
हाल बैंकले २९६ शाखा कार्यलय र ५१ वटा एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा दिँदै आएको छ।