हिमालयन बैंकले ल्यायो अपांगमैत्री एटिएम सञ्चालनमा ल्याएको छ।
बैंक र बैंकिङ सुविधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राखी काभ्रेको साँगास्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम सञ्चालनमा ल्याएको हो।
सबैको लागि बैंक, सबैका लागि बैंकिङ सुविधा भन्ने उद्देश्यले बैंकले उक्त एटिएम सेवा सुरूवात गरेको बताएको छ।
सो एटिएमको उद्घाटन चैत २४ गते स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रको २१औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षितद्वारा गरिएको हो।
सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा लगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।
बैंकले देशभरि रहेका १८९ शाखा, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमहरूबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएकोे छ।