हिमालयन ऊर्जा विकास कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
यस अघि कम्पनीले २०० प्रतिशत अर्थात् १ बराबर २ को अनुपातका दरले हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको थियो।
कम्पनीले उक्त निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पठाएको थियो।
तर, आयोगले शत प्रतिशत अर्थात् १ बराबर १ अनुपातमा मात्र हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको छ।