सोमबार नेप्से परिसूचक ५.५४ अंकले बढेको छ।
यस दिन नेप्से ०.३० प्रतिशतले बढेर १८४४.२ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँमा सीमित भएको छ।
यस दिन २६१ वटा धितोपत्रको २९ लाख ६० हजार ८६३ कित्ता सेयर किनबेच भएको हो।
सोमबार सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य ३२४ रुपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, कालिञ्चोक दर्शनको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३७७ रुपैयाँ १० पैसा पुगेको छ।
यसैगरी, ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.५४ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयर मूल्य ८०० रुपैयाँ पुगेको छ।
यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्य ५.२५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३०७ रुपैयाँमा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक ०.११ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशतले बढेको छ।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३९२ रुपैयाँमा ६ करोड ८४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सानिमा मिडिल तमोर हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको ३२४ रुपैयाँ ५० पैसामा ६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।