मंगलबार नेप्से परिसूचक २७.३१ अंकले बढेको छ।
यस दिन नेप्से १.४८ प्रतिशतले बढेर १८७१.३३ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँ पुगेको छ।
यस दिन २६२ वटा धितोपत्रको ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार कालिञ्चोक दर्शनको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य ४१४ रुपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, आदर्श लघुवित्तको सेयरमूल्य ९.६९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ७५ रुपैयाँ पुगेको छ।
यसैगरी, सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ३.५४ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयरमूल्य ३१३ रुपैयाँ पुगेको छ।
यस्तै, १०% प्राइम डिवेञ्चर २०८८ को मूल्य २.३७ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८१५ रुपैयाँ २० पैसामा झरेको छ।
मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४०० रुपैयाँमा ७ करोड १० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.०४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सानिमा मिडिल तमोर हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको ३१३ रुपैयाँमा ५ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशतले बढेको छ।
यस्तै, वित्त र विकास बैंक समूहको परिसूचक २.४३ र २.३५ प्रतिशतले बढेको छ।