ग्लोबल आइएमई बैंकले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरूलाई दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ।
यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउने बैंकले बताएको छ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले ८ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउनेछन्।
छुट पाउनका लागि प्रयोगकर्ताहरूले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ।
एक जनाले एक चोटी मात्र छुट पाउने बैंकले बताएको छ।
बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत २८ गतेदेखि वैशाख १ गतेसम्म लागू हुनेछ।
बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।