कृषि विकास बैंकका दुई भाग्यमानी मोबाइल बैंकिङ प्रयोगकर्ताले स्मार्ट मोबाइल फोन पाएका छन्।
मोबाइल बैंकिङ प्रयोगकर्ता जोरायल डोटीका अमृत ओली र पर्रोहा रूपन्देहीका मोनिका सुनारले १/१ थान स्मार्ट मोबाइल फोन पाएका हुन्।
बैंकले ५६औं वार्षिकोत्सवको अवसरमा सेवा प्रदायक संस्थाको सहकार्यमा सञ्चालन गरिएको विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमध्ये बैंकको मोबाइल बैंकिङबाट प्रथम पटक पाँच सय रुपैयाँ वा सो भन्दा बढी रकमको मोबाइल टपअप गर्ने भाग्यमानीले उक्त मोबाइल फोन पाएका हुन्।
यसैगरी, बैंकको मोबाइल बैंकिङबाट प्रथम पटक पाँच वा सोभन्दा बढी रकमको मोबाइल टपअप गर्ने भाग्यमानी ५६ जना ग्राहकहरूले जनही ५६० रुपैयाँका दरले क्यास ब्याक प्राप्त गरेका छन्।