बैंकर्स संघले निक्षेपको ब्याजदर १.०१ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको छ। बुधबार बसेको संघको बैठकले सबै किसिमका निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।
अब वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत हुनेछ भने संस्थागत मुद्दतीको ब्याजदर ७.९९ प्रतिशत हुनेछ।
साधारण निक्षेपको ब्याजदर भने ५.४५ देखि ७.४५ को बीचमा रहनेछ। कुल निक्षेपको ब्याजदर २.७० प्रतिशत हुनेछ।
यसअघि निक्षेप साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिइरहेका थिए। व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ९ प्रतिशत थियो।
कर्जाको ब्याजदर आधार दर निकालेपछि थाहा हुने बैंकरहरूले बताएका छन्।
पछिल्लो समय बैंकहरूमा कर्जा योग्य पुँजी २ खर्ब हाराहारी रहे पनि कर्जा विस्तार सुस्त भएको छ।
बजारमा ब्याजदर घटाउन माग भइरहेको र अवस्था सहजै रहेकोले ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए।