नेपाल राष्ट्र बैङ्कले ‘नोट प्रर्दशनी कक्ष’ निर्माण गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटहरुलाई सङ्कलन गरेर राख्न नयाँ प्रर्दशनी कक्ष निर्माण गर्न लागिएको जानकारी दिएका हुन् । उनले तत्कालीन परिवेशलाई झल्काउन समेत नोट सङ्कलनको कामले सघाउ पुर्याउने भएकाले रुपैयाँ/पैसा सङ्कलनको काममा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका हुन् ।
शुक्रबार नेपाल फिलाटेलिक सोसाईटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनैपनि मुलुकको इतिहास र वर्तमान बोध गराउने काम नोटहरुले गर्ने गरेको पनि स्मरण गराए । नेपाल फिलाटेलिक सोसाइटीले नोटहरुको सङ्कलनको काम पनि गर्दै आएको छ ।