नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृतकाे रुपमा विजयबहादुर शाहले पदभार सम्हालेका छन्। कम्पनीको असार २० गते बसेको २४ औं सञ्चालक समितिको बैठकले उनलाई साउन ९ गतेदेखि लागू हुने गरी नियुक्त गरेको नेप्सेमा दिएको जानकारीमा उल्लेख छ ।