मंगलबार २. ४ अंकले नेप्से बढ्दा कारोबार रकममा पनि सुधार आएको छ। यस दिन १६१ कम्पनीको कुल ७२ करोड ३१ लाखको कारोबार भएको छ। जवकि अघिल्लो दिन ५२ करोडको कारोबार भएको थियो।
अघिल्लो दिन कारोबारमा रोक लगाइएका ७ ब्रोकर कम्पनीको कारबाही फूकुवा भएको छ। आजको कारोबारपछि बजारको पुँजीकरण १८ खर्ब ९७ अर्ब कायम भएको छ। यस दिन फाइनान्स र उत्पादन समूह रातो अंकमा रहे भने अरु सबै बढेका छन्। फाइनान्स ०.९ र उत्पादन ११.६ अंकले घटे।
अन्य ७, बिमा ८, जलविद्युत ११, विकास बैंक २, होटल २ र बैंकिङ समूह १ अंकले घटेका छन्। यस दिन हिमालयन पावर कम्पनीको सबैभन्दा धेरै ४ करोड ७९ लाखको सेयर खरिदबिक्री भएको छ। सो कम्पनीको मूल्य पनि सबैभन्दा धेरै अर्थात ७. ४ प्रतिशतले बढेको छ।
आइपिओ बिक्रीपछि हालै कारोबार खुलेकाले कम्पनीको सेयरमा खरिदकर्ताको चाप बढेको छ। कम्पनीको मूल्य भने प्रतिकित्ता ३९० पुगेको छ।
त्यस्तै नेपाल बैंकको ४ अर्ब ३५ करोड, प्राइम लाइफ इन्स्योरेन्सको ३ करोड ९१ लाख तथा नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८१ लाखको सेयर किनबेच भएको छ।
कमाउनेमा हिमालयन पावरपछि मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहे। ति लगानीकर्ताले ७. २ प्रतिशत नाफा कमाएका छन्। ज्योति विकास तथा युनाइटेड फाइनान्सको मूल्य ४ प्रतिशतले बढेको छ।
हिमालयन डिस्टिलरीको मूल्य ३.८ प्रतिशत अर्थात प्रतिकित्ता ५० ले घटेको छ। लगतातार झरिरहेको सो कम्पनीको मूल्य १२३३ कायम भएको छ। जेबिल्स फाइनान्सको १ बराबर १ को अनुपातमा हकप्रदका लागि आगामी १४ गते बुक क्लोज हुने भएको छ।