सिद्धार्थ बैंकले बिहीबार रौतहटको गरुडामा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।
हालै सञ्चालनमा आएको नयाँ शाखासहित बैंकका हाल देशभर ७७ शाखा पुगेका छन्। त्यस्तै २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम र ७० शाखारहित बैंकिङ्ग सेवामार्फत बैैकिङ्ग सेवा प्रदान गरिँदै आएको सिद्धार्थले जनाएको छ।