वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट बोनस दिइसकेपछि ८ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने भनिए पनि केही बैंकहरु मर्ज तथा हकप्रद प्रक्रियामै अल्मलिएका छन्।
राष्ट्र बैंकको पछिल्लो पटकको मौद्रिक नीतिमा आर्थिक वर्ष २०७३/७४ को वाह्य लेखापरीक्षण तथा वित्तीय विवरण सार्वजनिक गर्दासम्मको अवधिमा चुक्ता पुँजी पुगेको व्यहोरा जनाइएको हुनुपर्ने उल्लेख गरिएको छ।
आर्थिक वर्ष सकिएको ६ महिनाभित्र कम्पनीहरुले वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रावधान छ। अन्तिम लेखा परीक्षण प्रतिवेदन ९ महिनासम्म सार्वजनिक गर्ने र सोही प्रतिवेदनमा बैंकहरुको चुक्ता पुँजी ८ अर्ब पुगेको घोषणा हुनुपर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिए।
उनले भने ‘मोटामोटी रुपमा आर्थिक वर्ष सकिएको ९ महिनाभित्रै गत आवको नाफाबाट दिने बोनससहित उनीहरुको चुक्ता पुँजी पुगेको घोषणा हुनुपर्छ।’ यस हिसावमा अब सबै बैंकहरुले चैत महिनाभित्रै ८ अर्ब पुगेको घोषणा गर्नेछन्। यदी त्यो नभएमा बैंकहरु कारबाहीमा पर्ने सिवाकोटीले बताए।
‘समयमै पुँजी नपुर्याउनेलाई शाखा विस्तार गर्न नपाउने, निक्षेप तथा कर्जामा सीमा लगाउने तथा बाध्यकारी मर्जमा लैजानेजस्ता कारबाही हुन्छन्’ उनले भने।
धितोपत्र बोर्डबाट अहिलेसम्म हकप्रदको स्वीकृति पाउन नसकेका तथा मर्ज प्रक्रियामै रहेका कम्पनीहरुलाई बाँकी रहेको समय चुनौतिपूर्ण देखिन्छ। केहीले हकप्रद जारी गरीसकेपछि पनि गणना गर्न भ्याएनन्।
तीन वटा बैंकहरु इन्भेष्टमेन्ट, ग्लोबल आइएमई र नेपाल बैंकको चुक्ता पुँजी चौथो त्रैमासमै पुरा भइसकेको छ। नबिल, कृषि विकास, स्टाण्डर्ड चार्टड, हिमालयन, एनआइसी एसिया, एनएमबि, सानिमा, सिटिजन्स, लक्ष्मी, नेपाल बंगलादेश र सनराइज बैंकले अब बोनसबाट सहजै पुँजी पुर्याउने छन्।
त्यस्तै एभरेष्ट, एसबिआई, सिद्धार्थ र सेन्चुरी बैंकको जारी भइसकेको हकप्रद गणना गरी बोनस दिएपछि ८ अर्ब पुग्नेछ। मेगाले ६५ प्रतिशत हकप्रदको स्वीकृति पाइसकेर जारी गर्दैछ। प्रभु र सिभिल ४० प्रतिशत हकप्रद स्वीकृतिको पर्खाइमै छन्। केही बैंकको मर्ज तथा एक्वीजिसन प्रक्रिया सकिएको छैन।
हेरौं गत आवको चौथो त्रैमास सम्मको बैंकहरुको चुक्ता पुँजी, अपुग रकम र अबको निश्चित भइसकेको माध्यम
बैंक |
चुक्ता पुँजी |
अपुग रकम |
८ अर्बको माध्यम |
नबिल बैंक |
६ अर्ब १८ करोड |
१ अर्ब ८२ करोड |
३० प्रतिशत बोनसपछि |
नेपाल इन्भेष्टमेन्ट बैंक |
९ अर्ब २४ करोड |
पुरा |
पुरा |
नेपाल बैंक |
८ अर्ब ४ करोड |
पुरा |
पुरा |
कृषि विकास बैंक |
७ अर्ब ८ करोड (साधारण) |
९२ करोड |
२० प्रतिशत बोनसपछि |
स्टाण्डर्ड चार्टड बैंक |
४ अर्ब ५७ लाख |
३ अर्ब ४३ करोड |
१०० प्रतिशत बोनसपछि |
ग्लोबल आइएमई बैंक |
८ अर्ब ८ करोड |
पुरा |
पुरा |
एभरेष्ट बैंक |
५ अर्ब ७४ करोड |
२ अर्ब २६ करोड |
३३ प्रतिशत हकप्रद गणनामा बोनस |
नेपाल एसबिआई बैंक |
६ अर्ब ९२ करोड |
१ अर्ब ८ करोड |
४० प्रतिशत हकप्रद गणनामा बोनस |
हिमालयन बैंक |
६ अर्ब ४९ करोड |
१ अर्ब ५१ करोड |
बोनसपछि |
सिद्धार्थ बैंक |
६ अर्ब ६२ करोड |
१ अर्ब ३८ करोड |
पुरानो हकप्रद गणानामा बोनस |
एनआइसी एसिया बैंक |
६ अर्ब ६९ करोड |
१ अर्ब ३१ करोड |
२० प्रतिशत बोनस (स्वीकृत) |
एनएमबि बैंक |
६ अर्ब ४६ करोड |
१ अर्ब ५४ करोड |
बोनसपछि |
सानिमा बैंक |
७ अर्ब १ करोड |
९९ करोड |
१६ प्रतिशत बोनस |
सिटिजन्स बैंक |
६ अर्ब ९२ करोड |
१ अर्ब ८ करोड |
१६ प्रतिशत बोनस (घोषित) |
नेपाल बंगलादेश बैंक |
७ अर्ब २१ करोड |
७९ करोड |
बोनसपछि |
सनराइज बैंक |
७ अर्ब १ करोड |
९९ करोड |
बोनसपछि |
लक्ष्मी बैंक |
७ अर्ब ४७ करोड |
५३ करोड |
बोनसपछि |
माछापुच्छ्रे बैंक |
६ अर्ब ५९ करोड |
१ अर्ब ४१ करोड |
१२ प्रतिशत हकप्रद गणनामा बोनस |
बैंक अफ काठमाण्डु |
५ अर्ब ६२ करोड |
२ अर्ब ३८ करोड |
– |
प्रभु बैंक |
५ अर्ब ८८ करोड |
२ अर्ब १२ करोड |
– |
मेगा बैंक |
४ अर्ब ५८ करोड |
३ अर्ब ४२ करोड |
६५ प्रतिशत हकप्रदमा बोनस |
कुमारी बैंक |
५ अर्ब ९६ करोड |
२ अर्ब ४ करोड |
– |
सेन्चुरी कमर्सियल बैंक |
५ अर्ब ४६ करोड |
२ अर्ब ५४ करोड |
४० प्रतिशत हकप्रद गणानापछि बोनस |
प्राइम कमर्सियल बैंक |
६ अर्ब ३२ करोड |
१ अर्ब ६८ करोड |
– |
एनसीसी बैंक |
४ अर्ब ६७ करोड |
३ अर्ब ३३ करोड |
– |
सिभिल बैंक |
५ अर्ब १८ करोड |
२ अर्ब ८२ करोड |
– |
जनता बैंक |
६ अर्ब ९९ करोड |
१ अर्ब १ करोड |
– |