सानिमा बैंकले न्यून आर्थिक स्तरका महिलाहरुको उपचारमा सहयोग गर्ने भएको छ। सो बैंक र पाटन अस्पतालबीच न्यून आर्थिक स्तरका महिलालाई उपचारमा सहयोग गर्ने सम्वन्धमा सम्झौता भएको छ।
जसअन्तर्गत सानिमा बैंकले उपचारका लागि प्रत्येक महिलालाई बीस हजार रुपैयाँसम्म एक पटकका लागि सहयोग उपलब्घ गराउनेछ।
प्रत्येक नारी बचत खाता बापत बैँकले आफ्नो तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ। उक्त जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्यअन्तर्गत उपचारमा सहयोग गर्ने भएको हो।
उक्त सम्झौतामा सानिमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फबाट निर्देशक डा. बिष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन्।