बुधबार दोहोरो अंकले झरेको नेप्से परिसूचक १६ सयमुनि आएको छ।१४ दशमलव ५५ अंकले झरेर १५९८ अंकमा नेप्से अडेको छ।
यस दिन नेप्से घटे पनि कारोबार रकम भने ७ करोडले बढेको छ। अघिल्लो दिन ९० करोडको कारोबार भएकोमा आज ९७ करोड ८३ लाखको सेयर किनबेच भयो।
यस दिन बिमा समूह सबैभन्दा धेरै १०६ अंकले घटेको छ। उत्पादन र अन्यबाहेक सबै समूह ओर्लिए। उत्पादन १२ र अन्य समूह २ अंकले बढे। बैंकिङ १६, होटल २२, जलविद्युत २१, फाइनान्स ७ र बिकास बैंक समूह ३ अंकले ओर्लिए।
छिमेक लघुवित्त विका बैंकको सबैभन्दा धेरै ६ करोड ५५ लाखको कारोबार भयो। उसको प्रतिकित्ता मूल्य १७३० कायम भएको छ। प्राइम कमर्सियल बैंकको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशतले बढेको छ। नयाँ नेपाल लघुवित्तको मूल्य साढे ५ प्रतिशतले बढेको छ। यस दिन पनि सिद्धार्थ इक्वीटी ओरियन्टेडको मूल्य १० प्रतिशतले घटेको छ।
२५ प्रतिशत बोनसपछि प्राइम लाइफको मूल्य २१४७ मा समायोजन भएको छ। यसको आधार मूल्य जम्मा ११७३ छ। साना किसान विकास बैंकको सिइओमा शिवराम प्रसाद कोइराला नियुक्त भएका छन्। युनिलिभर नेपालले प्रतिकित्ता ११ सय रुपैयाँ लाभांश दिने भएको छ।
यसैबीच युनाइटेड इन्स्योरेन्सले यसअघि घोषणा गरेको १० प्रतिशत बोनस र शत प्रतिशत हकप्रद सेयर निश्कासन तत्कालका लागि स्थगित भएको सूचना नेप्सेमार्फत सार्वजनिक गरेको छ।