सिबिआइएल क्यापिटलको एघारौं वार्षिक साधारण सभाले गत आवको वितरणयोग्य मूनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी १० करोडलाई सतप्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। सो प्रयोजनको निमित्त बीस प्रतिशत शेयरलाई सार्वजनिक निष्कासन गर्ने प्रयोजनार्थ प्रकृया अघि बढाउने भएको छ।
यस कम्पनीको सर्वसाधारणमा शेयर निष्कासन गरे पश्चात संस्थापक समूहको ८० प्रतिशत तथा सर्वसाधारण समूहमा २० प्रतिशत स्वामित्व कायम गरी संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक, प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्नुका साथै डि–म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्दछ।