नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याउने प्रतिवद्धता जनाएको छ।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याउन लागिएको स्पष्ट पारे।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाजको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकमा आर्थिक गतिविधि बढ्दै गईरहेका कारण प्रत्येक स्थानीय तहमा बैंकका शाखा संचालन जरुरी भइसकेको बताए।
‘बैंकहरु पनि पहुँच नपुगेका क्षेत्रमा आफ्ना शाखा विस्तार गर्न तयार भएका छन्, आवश्यक पूर्वाधार नपुगेका क्षेत्रमा पूर्वाधार पुर्याउन राष्ट्र बैंकले पनि पहल गर्नेछ’ उनले भने।
देशको ८० प्रतिशत भागमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगिसकेको उनको भनाइ छ।