नागरिक लगानी कोषको २१ औँ साधारण सभाले २१ दशमलव ८५ प्रतिसत बोनस दिने प्रस्तावलाई पारित गरेको छ।
योसँगै कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांसलाई पनि सभाले अनुमोदन गरेको छ । आ.ब २०७१/७२ मा कोषले ४८ करोड ६८ लाख ९७ हजार रुपैया आम्दानी गरेको छ।
यो अघिल्लो बर्षको तुलनामा ३१ दशमलव २१ प्रतिशत बढी हो। आम्दानीमा कुल खर्च,कर अघिको नाफा र आयकर कटाएपछिको खुद नाफा १८ करोड ६१ लाख ४६ हजार रुपैयाँ रहेको छ।
सभाले कोषमा नयाँ संचालकहरु चयन गरेको छ । सर्वसाधरण सेयरधनीको तर्फबाट अशोक बुढाथोकी र अन्य बित्तिय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेश कुमार अग्रवाल निर्विरोध निर्वाचित भएको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए।
निर्वाचित संचालकको अवधि ५ बर्ष रहने छ।