राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी नघाए पनि नेपाल इन्भेष्टमेन्ट बैंकले आकर्षक बोनस तथा नगद लाभांशको घोषणा गरेको छ। बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस तथा २५ प्रतिशत नगद लाभांश दिने भएको छ।
चुक्ता पुँजी पुगेपछि बैंकहरुले बोनस दिँदैनन् भन्ने लगानीकर्ताको गलत मनोभावना तोड्न बैंक सफल भएको छ। बैंकको चालु आवको चौथो त्रैमास अवधिसम्म चुक्ता पुँजी ९ अर्ब २४ करोड छ।
बैंकले सो अवधिमा ३ अर्ब १६ करोड नाफा कमाएको छ। बैंकको जगेडा कोषमा ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ।