एनएमबि बैंकले ‘एक घर एक खाता’ अभियानमा दोस्रो चरण सुरुवात गरेको छ। यस अभियानको मुख्य नारा ‘सम्वृद्धिको पहिलो पाईला’ रहेको छ।
नेपाली सिने क्षेत्रका अभिनेता राजेश हमाललाई लिएर देशव्यापी रुपमा बिभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्नेे बैंकले जनाएको छ। बैंकका अनुसार हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने उद्देश्यले अभियान थालिएको हो।
अभियानले वित्तीय प्रणालीबाटै कारोवार गर्ने, वित्तीय साक्षरता बढाउने, बचत गर्ने बानी बसाउने तथा डिजिटल बैकिङ्गको अवधारणालाई समेत आत्मसाथ गराउने बिश्वास बैंकले लिएको छ।
अभियानको बारेमा जानकारी दिँदै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले सिने क्षेत्रका अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्वधक दुतका रुपमा लिई दोस्रो चरणको अभियान पनि थाल्न पाएकोमा खुसी व्यक्त गरे।