सेयर बजारमा ७ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको नेपाल ग्रामीण विकास बैंकको एफपिओ भने अंकित मूल्यमै निश्कासन भएको छ। यसअघि कम्पनीहरुले अंकित मूल्यमा प्रिमियम रकम थप गरेर निश्कासन गर्दै आएकोमा ख वर्गको यो बैंकले भने प्रतिकित्ता १ सयमै एफपिओ निश्कासन खुला गरेको हो।
आजदेखि आगामी शुक्रबारसम्म निश्कासन हुने कम्पनीको एफपिओमा आस्बा प्रणालीमार्फत अर्थात खाता रहेको बैंकको शाखामा पुगी खातामा रहेको रकम रोक्का गरी आवेदन गर्न सकिन्छ।
कुल ९ लाख ७५ हजार कित्ता एफपिओ बिक्री खुला भएको हो। हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड ७५ लाख छ। आवेदकले न्यूनतम ५० कित्तादेखि ४८७० सम्म आवेदन दिन सक्दछन्।
यद्यपी पछिल्लो समय धितोपत्र बोर्डको संशोधित विनियमालीले प्रत्येकलाई १० कित्ता अनिवार्य गरेकाले ५० कित्ता मात्रै भर्दा पर्याप्त हुन्छ।