कर्मचारी सञ्चय कोष शाखा कार्यालय बुुटवलले आर्थिक वर्ष २०७३/७४ मा सेवानिवृत्त एक हजार ७८३ सञ्चयकर्तालाई २९ करोड ४८ लाख ८९ हजार रुपैयाँ भुक्तानी गरेको छ।
कोषले ४५ जना मृतक सञ्चयकर्ताका हकवालालाई १३ लाख ४५ हजार काजकिरिया खर्च, दुुर्घटनामा परी मृत्युु हुुने मृतकका छ जना हकवालालाई ६ लाख ४० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
त्यस्तै सुुत्केरी तथा शिशुु हेरचाह कार्यक्रममा १४७ जनालाई एक करोड १० लाख ७० हजार, स्वास्थ्य उपचार सहयोग कार्यक्रमअन्तर्गत तीन जनालाई एक लाख ६ हजार ९०० अनुुदान भुुक्तानी गरेको कोषका बुटवल शाखा प्रमुुख टोपाराम पण्डितले जानकारी दिए।
यस्तै कोषले सञ्चयकर्ता ऋण सुुविधाअन्तर्गत विशेष सापटीमा १० हजार ५०० एघार सञ्चयकर्तालाई एक अर्ब ३० करोड ८२ लाख, घर सापटीबापत १६८ जनालाई २३ करोड १० लाख ३९ हजार, शैक्षिक सापटीबापत ११ जनालाई एक करोड ३६ लाख ८० हजार र घर मर्मत सापटीबापत २३ जना लाई तीन करोड १९ लाख ९६ हजार रुपैयाँ भुुक्तानी गरेको उनले जानकारी दिए।
कर्मचारी सञ्चय कोष ऐनको नवौंँ संशोधनमा एक वा एकभन्दा बढी कार्यरत कर्मचारीको सञ्चय कोष कट्टा गर्ने व्यवस्था भएबमोजिम गत आवमा १२ वटा नयाँ कार्यालयले सम्झौता गरी कोषमा आवद्ध भएका छन्।
कोषको स्थापना दिवश पारेर शाखा कार्यालय वुटवल अन्तर्गतका कर्मचारीबीच विविध खेलकुद कार्यक्रम सम्पन्न भएको र आज बुटवल उपमहा नपा–२, तल्लो फुलवारीस्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रमका जेष्ठ नागरिकलाई सम्मान तथा फलफूल वितरण गरिएको थियो। रासस