सनराइज बैंकले हकप्रदमा बिक्री नभएको ७ लाख १० हजार ७४३ कित्ता सेयर लिलामी बिक्रीमा खुलेको छ। आजदेखि २२ गतेसम्म इच्छुक आवेदकले शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन्।
लिलामीमा राखिएकोमध्ये ७२ हजार ६१२ कित्ता संस्थापक तथा ६ लाख ३८ हजार १३१ कित्ता सर्वसाधारणतर्फको हो। बिक्री प्रवन्धक सनराइज क्यापिटलका अनुसार बोलपत्र पेश गर्दा न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ र कम्तीमा १ सय कित्ता हुनुपर्नेछ।
असोज २३ गते बोलपत्र खोलिने क्यापिटलले जनाएको छ। बैंकले गत आवमा १ अर्ब १६ करोड खुद नाफा कमाएको छ। बैंकको साधारण सेयर मूल्य बजारमा प्रतिकित्ता ३३० रुपैयाँको हाराहारीमा छ। लिलामी सकार्नेले १५ प्रतिशत बोनस सेयर समेत पाउने छन्।