यसअघि लिलामीमा सबै सेयर बिक्री नभएपछि एभरेष्ट बैंकले दोस्रो पटक सेयर लिलामी बिक्री खुल्ला गरेको छ। बैंकले कुल ३५ हजार ८४१ कित्ता सेयर दोस्रो पटक लिलामी बिक्री खोलेको हो। असोज २० देखि २७ गतेसम्म इच्छुक आवेदकले शिलबन्दी बोलपत्र पेस गर्न सक्ने छन्।
पहिलो पटक सेयर लिलामी खोल्दा कतिपय लगानीकर्ताले १ सय रुपैयाँमै सेयर पाए भने कतिपयले बजार मूल्यभन्दा पनि बढी हालेका थिए। यसअघि बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १२२८ रुपैयाँ छ।
बैंकले हकप्रदमा बिक्री नभएको सेयर भदौ २५ देखि पहिलो पटक लिलामी बिक्रीमा राखेकोमा त्यो चरणमा पनि पुरा बिक्री नभएपछि दोस्रो पटक बिक्री खुल्ला गरेको हो। हकप्रद बिक्री भइसकेपछि कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३ करोड पुग्नेछ।
गत आवमा बैंकले १ अर्ब ९८ करोड खुद नाफा कमाएको छ।