नेपाल राष्ट्र बैंकले १ अर्ब ४८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ। बैंकले १ वर्षे मुद्दति निक्षेपमा रकम जम्मा गर्न लागेको हो।
मुद्दती निक्षेपमा रकम लिन चाहने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आफूले दिन सक्ने व्याजदर तोकेर शिलबन्दी दरखास्त दिन सक्ने छन्।
क वर्गका बैंकहरुमा १ अर्ब १८ करोड ४१ लाख, ख वर्गका बैंकहरुमा २२ करोड २० लाख र ग वर्गका वित्तीय संस्थाहरुमा ७ करोड ४० लाख रुपैयाँ राष्ट्र बैंकले निक्षेप जम्मा गर्नेछ। विभिन्न कोषहरुमा रहेको रहेको रकम बैंकले लगानीस्वरुप बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्नेछ।