साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक ३२ अंकले घटेको छ। सो अंकको गिरावटपछि नेप्से १५१० अंकमा कायम भएको छ। यस दिन सबै समूहहरु ओर्लिएका छन्।
१५२ कम्पनीको ४१ करोड ४९ लाखको सेयर किनबेच भयो। वाणिज्य बैंक समूह २८, व्यापार ९, होटल ६६, विकास बैंक ५३, जलविद्युत ३७, फाइनान्स १५, बिमा १९३, उत्पादन १८ र अन्य समूह ५ अंकले घटेका छन्।
यस दिन जनता बैंकको सबैभन्दा बढी १ करोड ५२ लाखको कारोबार भएको छ। माहुलि सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ३.९ प्रतिशत नाफा कमाए। कम्पनीले ५० प्रतिशत बोनस दिने र त्यसपछि पनि ५० प्रतिशत हकप्रद दिने सूचना सार्वजनिक गरेकाले उसको मूल्य यस दिन सबैभन्दा धेरैले बढेको हो।
रुरल माइक्रोफाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत गुमाए। स्वाबलम्बन विकास बैंकको मूल्य ७ प्रतिशत घटेको छ।