असोजको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से ५ अंकले घटेको छ। ५. ७ अंकले घटेर नेप्से १५५९ अंकमा कायम भएको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ६० करोड ५० लाखको कारोबार भएकोमा यस दिन ६१ करोड २० लाखको कारोबार भएको छ। बजारको पुँजीकरण १८ खर्ब ९ अर्ब कायम भएको छ।
व्यापार, जलविद्युत र अन्य समूह हरियो अंकमा रहे भने अरु घटेका छन्। व्यापार २.६, जलविद्युत ७.७ र अन्य समूह ०. २ अंकले बढेका छन्। बैंकिङ ५.६, होटल १२.९, विकास बैंक ९. १, फाइनान्स १. ९, बिमा ४१. १ र उत्पादन समूह १६. ७ अंकमा घटे।
कारोबारका आधारमा ओरियन्टल होटल अग्रस्थानमा रह्यो कम्पनीको ४ करोड ९७ लाखको कारोबार भयो। सो कम्पनीले १८ प्रतिशत बोनस तथा ६. २१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
आगामी कात्तिक २३ गते बस्ने कम्पनीको साधारणसभाले सो प्रस्ताव पारित गर्नेछ। कम्पनीले त्यसपश्चात एफपिओ जारी गर्ने प्रस्ताव समेत सभामा लैजाँदैछ। संस्थापकतर्फको हिस्सा ५५ र सर्वसाधारणतर्फको ४५ पुर्याउन एफपिओको प्रस्ताव कम्पनीले सभामा लैजान लागेको हो।
त्यस्तै प्रभु इन्स्योरेन्सको ३ करोडको कारोबार भयो भने चिलिमे पावर तथा बुटवल पावर पनि अगाडि रहे। यस दिन पनि बेस्ट फाइनान्सको मूल्य ९. ८ प्रतिशतले बढेको छ। छ्याङ्दी हाइड्रोको मूल्य ५. ९ प्रतिशतले बढ्यो।
हिमालयन डिस्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै ५.७ प्रतिशत मूल्य गुमाए। त्यस्तै सनराइज बैंकको मूल्य ४. ८ प्रतिशतले घटेको छ।
कारोबार रकम र संख्याका आधारमा यस दिन पनि कमर्सियल बैंक समूह अग्रस्थानमा रह्यो।