एभरेष्ट बैंकले आफ्नो २३ औं वार्षिक उत्सव मनाएको छ। बैंकले आफ्नो मुख्य कार्यालयसहित देशैभरका शाखाहरुमा पनि वार्षिक उत्सव मनाएको छ।
बैंकले वार्षिकोत्सवमा राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।। एभरेष्ट बैंकले हाल आफ्ना ६४ वटा शाखाहरु, २ एक्सटेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर र ९१ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आर्थिक वर्ष २०६८- ०६९मा वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाताको सम्मान प्राप्त गरेको थियो ।