आइएमई लाइफ इन्स्योरेन्सले बाग्लुुङ्गमा शाखा संचालन गरेको छ।
शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले उद्घाटन गरे। सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरी अर्याल लगायत पदाधिकारीहरुको उपस्थिति थियो।
उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष चापागार्ईंले जीवन बिमा क्षेत्रको विकास र विस्तार गरी अग्रणी कम्पनीको रुपमा स्थापित हुन कम्पनीलाईसफलता मिलोस भनी शुभकामना व्यक्त गरे।
सोही अवसरमा उनले जीवन बीमा गरेर ढुक्क भएर जीवनयापन गर्न सबैलाई आग्रह गरे।
शुभकामना मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्नो गृह जिल्ला समेत रहेकाले यहाँ सेवाहरु प्रदान गर्न पाएकोमा प्रशन्नता ब्यक्त गरे।
सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष डा. रामहरी अर्याललले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी सरल तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिए। कम्पनीले देशभर ५५ वटा शाखाहरु विस्तार गर्ने लक्ष्य लिएको छ। एक वर्षभित्र कम्पनीले सर्वसाधारणलाई आइपिओ जारी गर्ने अर्यालले बताए।