अर्थमन्त्री जनार्दन शर्माले सरकाले लक्ष्य तोकेर बजेट बनाएको बताएका छन्। सोमबार आयोजित आगामी आर्थिक वर्ष २०८९/०८० को बजेट छलफल एक कार्यक्रमबीच उनले यस्तो बताएका हुन्।
'हामीले लक्ष्य तोकेरै बजेट बनएका छौं। र, नीतिगत कुरा गरेका छैनौं,' कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने।
त्यस्तै, यसपटक बजेटमा ८ लाख मानिसलाई गरिबीको रेखा माथि ल्याउने विषय समेत समेटिएको उनले बताए।
यसबाहेक आगामी आवमा उत्पादनलाई बढावा दिने विषयमा समेत उनले कार्यक्रममा जोड दिए। अर्थमन्त्री शर्माले भने, 'हामी अन्तर्राष्ट्रिय रूपमा सिमेन्ट निर्यात गर्न सक्छौं। हामीले यस्ता उध्योगले खपत गर्ने निश्चितसम्म विद्धुत महसुलमा समेत छुटको कुरा गरेका छौं।'
उनले साना व्यवसायमा लगानीले समेत अर्थतन्त्रलाई टेवा दिने कुरा औंल्याए। त्यसैले, यसमा सरकारले सहज ऋणको व्यवस्था मिलाउने बताए।