नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को नयाँ नेतृत्वको मतदान सकिएको छ।
जिल्ला-नगर, वस्तुगत र एसोसियटतर्फको मतदान सकिएको हो।
जिल्ला-नगरतर्फ ११७ मत खसेको छ। त्यस्तै वस्तुगततर्फ १२३ र एसोसिएटतर्फ १,६३७ मत खसेको छ। अबको केही समयमै मतगणना समेत सुरू हुँदैछ।
बुधबार काठमाडौंस्थित प्रज्ञा भवनमा बिहान १० बजेदेखि मतदान सुरू भएको थियो।