सरकारले ७७ प्रतिशतसम्म सार्वजनिक ऋण लिए पनि समस्या नहुने दातृ निकायहरूको प्रतिवेदनहरूले देखाएको अर्थविद विश्वम्भर प्याकुरेलले बताएका छन्।
काठमाडौंमा बुधबार आयोजित पूर्व बजेटसम्बन्धि छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'हुनत केही वर्षको अन्तरालमा नै हाम्रो सार्वजनिक ऋण ३६ प्रतिशतबाट बढेर ४४.५ प्रतिशतसम्म पुगेको छ,' प्याकुरेलले भने, 'तर मैले विश्व बैंकहरूको प्रतिवेदनहरू केलाउँदा यस्तो ऋण ७७ प्रतिशतसम्म हुँदासम्म डराउन नपर्ने पाएको छु। यो भन्दा बढी लागेमा भने जोखिमको तह उच्च दरमा बढ्ने उल्लेख गरिएको छ।'
उनले आगामी बजेटले स्थानीय तहमा रहनेगरी कृषि क्षेत्रमा ३ सय स्वयंसेवक खटाउने विषय राम्रो भएको समेत प्रतिक्रिया दिए।