सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ।
शुक्रबार ११ औं नगरसभामार्फत् वीरेन्द्रनगरले आफ्नो बजेट प्रस्तुत गरेको हो।
नगरपालिकाको आगामी आर्थिक वर्षको कुल बजटेमधये ५३ करोड ५५ लाख ३६ हजार पाँच सय रुपैयाँ पुँजीगततर्फ छ भने १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार चालुतर्फ छ।
वीरेन्द्रनगरले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको हो।
‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरः स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’को नारा दिएर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको छ।
कर्णाली प्रदेशका स्थानीय तहहरूमध्ये सबभन्दा धेरै आन्तरिक राजस्व भएको वीरेन्द्रनगरले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेटमा ३७ करोड ५८ लाख ४९ हजार ९ सय रुपैयाँ बढाएको छ।