विदेशी विनिमय सञ्चिति र मूल्य वृद्धिलाई नीतिगत दर निर्धारणको आधार लिइने बताइएको छ।
शुक्रबार आर्थिक वर्ष २०७९/८० काे मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन्।
अर्थात् बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट सापटी लिने रकम यी दुईमा आधारित भएर हुनेछ।
वार्षिक लक्षित मूल्य वृद्धिदरभन्दा कम नहुने गरेर नीतिगत ब्याजदर तय गरिने उनले बताए।