राष्ट्र बैंकले चालु आर्थिक वर्षम मूल्य वृद्धिदर ७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको थियो। तर, २०७९ जेठ महिनामै वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ।
फागुनदेखि मूल्यवृद्धि दर सात प्रतिशत माथि छ। वार्षिक औसत मूल्य वृद्धिदर भने ६.०९ प्रतिशत छ।
त्यस्तै, निजी क्षेत्र तर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने लक्ष्य लिएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा वर्ष निजी क्षेत्रतर्फ जाने कर्जा विस्तार १९ प्रतिशत हुने प्रक्षेपण गरिएकोमा यस्तो कर्जा लगानी १६ प्रतिशतमा सीमित भएको छ।
गत आर्थिक वर्षको सुरूमा भने ३१ प्रतिशतसम्म कर्जा वृद्धि भएको थियो। आर्थिक वर्षको मध्यपछि भने कर्जा विस्तार सुस्तिएको थियो।