नेपाल राष्ट्र बैंकले यसअघि सेयर धितो कर्जामा गरेको कडाईलाई केही सहज बनाएको छ। अब ग्राहकले एउटै बैंकबाट १२ करोड रूपैयाँसम्म कर्जा लिन पाउने भएका छन्।
यसअघि राष्ट्र बैंकले साउनबाट एउटै बैंकबाट ग्राहकले अधिकतम चार करोड र सबै बैंकिङ प्रणालीबाट १२ करोड रूपैयाँ मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो।
यो व्यवस्थाले सेयर बजारमा आपूर्ति बढेको भन्दै नीतिको विरोध गरेका थिए। अब भने व्यक्ति वा स्वार्थ जाडिएको समूह, संस्थाले एउटै बैंकबाट १२ करोड रूपैयाँसम्म कर्जा लिन पाउँछन्।
यो नियम लगानीकर्ताहरू माँझ ४/१२ को नियमको रुपमा समेत चर्चित थियो। सेयर ब्रोकरमार्फत मार्जिन कर्जा नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो व्यवस्था हटाइनेछ।