बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा-निक्षेप अनुपातमा गणना गर्न पाउने अवधि २०८० असारसम्मको लागि थपिएको छ।
गत असारबाट राष्ट्र बैंकले बैंकहरूलाई कर्जा र निक्षेपको अनुपात (सिडी) रेसियो ९० कायम गर्नुपर्ने र त्यसमा ऋणपत्र जोड्न नपाइने व्यवस्था गर्ने तयारी गरेको थियो।
अब पनि बैंकहरूले आफूले संकलन गरेको निक्षेपमा, पुनरकर्जा र ऋणपत्र समेत जोडेर जति हुन आउँछ, त्यसको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन्।