अब मर्जरको समयमा बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने भएको छ।
राष्ट्र बैंकले शुक्रबार ल्याएको मौद्रिक नीति २०७९/८० मा यस्तो व्यवस्था गरिने उल्लेख गरिएको हो।
मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिको समय धितोपत्र कारोबार रोक्ने सम्बन्धमा यस बैंकले जारी गरेको विद्यमान नियमावली खारेज गरी धितोपत्र बोर्डको नियमावलीबमोजिम हुने व्यवस्था मिलाइने उल्लेख छ।