आज नेपाल-बंगलादेश जलस्रोत समितिको बैठक काठमाडौंमा चलिरहेको छ। समितिको सचिवस्तरीय संयुक्त बैंठक भोलिसम्म चल्नेछ।
बैठकका मुख्य एजेण्डा जलसोत उपभोग, बाढी नियन्त्रण तथा जलवायु परिवर्तनलगायत रहेको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ।
बंगलादेशका तर्फबाट बैठकमा सहभागी हुन त्यहाँको जलस्रोत मन्त्रालयका सचिव कबिर बिन अन्वरको टोली आएको छ। नेपालका तर्फबाट जलस्रोत सचिव, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सहित पदाधिकारीहरुको सहभागीता छ
बैठकबाट दुई देशबीचको सम्बन्ध र सहकार्यमा थप प्रगति हुने विश्वास उर्जामन्त्री पम्फा भुसालले व्यक्त गरिन्।
करिब १५ वर्षपछि बैठक बसेको हो। यसअघि सन् २००८ मा बैठक बसेको थियो।