चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) मा ४१ अर्ब ५२ करोड मूल्य बराबरको उद्योग दर्ता भएको छ।
गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा २५ अर्ब मूल्य बराबरको ३३ वटा उद्योग दर्ता भएका थिए।
उद्योग विभागको तथ्यांक हेर्दा कुल उद्योगमध्ये ऊर्जामूलक पाँच, सूचना तथा प्रविधिमा आधारित दुई, उत्पादनमूलक पाँच, सेवामूलक र पर्यटनमूलक छ/छ वटा गरी २७ वटा उद्योग दर्ता भएका छन्।
जसमा सफ्टवेयर डेभलपमेन्ट, कन्स्ट्रक्सन, बिस्कुट, पप, हाइड्रो तथा होटल खुल्ने भएका छन्।
यी उद्योग सञ्चालनमा आएपछि दुई हजारले रोजगारी पाउने छन्।