सरकारले आयातमा गरेको प्रतिबन्ध केही खुला गरेको छ। गत वैशाखदेखि सरकारले १० वटा वस्तुको आयातमा रोक लगाएको थियो। यो प्रतिबन्ध भदौ १० गतेसम्म तोकिएको थियो।
यसमध्ये सरकारले केही सीमित वस्तुको आयात खुला गरेको छ भने केहीको प्रतिबन्ध असोज २८ गतेसम्मलाई लम्ब्याएको छ।
सरकारले चार वस्तुमा अझै प्रतिबन्ध कायम गरेको छ।
सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान, एक सय ५० सिसी माथिका मोटरसाइकलमा प्रतिबन्ध कायम रहनेछ।
त्यस्तै यसअघि प्रतिबन्धित कुरकुरे, लेज र यस्तै उत्पादनहरू, चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, सबै प्रकारका खेलौना र खेल्ने तास आयात खुकुलो भएको छ।