नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अवैध आयात नेपाली उद्योगहरूका लागि ठूलो समस्या रहेको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन्।
आठौं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग विभागले शुक्रबार आयोजना गरेको मुल समारोहमा उनले यस्तो बताएका हुन्।
उनले अवैध आयात नियन्त्रण गर्नुपर्नेमा जोड दिए। त्यसका लागि बहुदर भ्याट प्रणाली लागू गर्नुपर्ने उनको भनाइ थियो।
भारतले जिएसटी लगाउँदा केही अत्यावश्यक वस्तु नेपाली भन्दा भारतीय उत्पादन सस्तो भएको र सोही कारणले नेपालमा अवैध कारोबार बढ्दा उद्योगहरूलाई असर परेको बताए।
त्यसरी वस्तु हेरेर बहुदर भ्याट प्रणाली लागू गरिनुपर्ने उनको सुझाव थियो।
उनले जग्गा किनेर उद्योग स्थापना गर्न सकिने अवस्था नभएको भन्दै घोषणा भएका ६ वटा औद्योगोगिक क्षेत्र निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरे।
यस्तै उनले निर्यातमा नगद अनुदान दिईएको वस्तुहरू बढाउन पनि आग्रह गरे।