भारतले मंगलबार बासमती बाहेकको चामलमा यसअघि लगाउँदै आएको निर्यात प्रतिबन्ध खुलाउने निर्णय गरेको छ।
भारतले गत सेप्टेम्बरमा घरेलु बजारमा माग धान्न भन्दै चामलको निर्यात रोकेको थियो।
सो समय २० प्रतिशतले भन्सार शुल्क समेत वृद्धि गरेको थियो। भारतले वार्षिक १५ हजार टन चामल निर्यात गर्दै आएको छ।