चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन-मंसिर) सम्ममा विभिन्न मुलुकबाट गरिने वस्तुको निर्यात ३४ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा एक खर्ब दुई अर्ब मूल्य बराबरको वस्तु निर्यात भएको थियो।
चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा ६७ अर्ब ३० करोड मूल्य बराबरको सामान निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
विभागको तथ्यांक हेर्दा चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनामा आयात पनि २० प्रतिशतले घटेको छ।
गत साउनदेखि मंसिरसम्ममा ८ खर्ब ३८ अर्ब मूल्य बराबरको सामान आयात भएकोमा यो वर्षको सोही अवधिमा ६ खर्ब ६४ अर्ब मूल्य बराबरको सामान आयात भएको छ।
गत आर्थिक वर्ष मंसिरसम्मको तुलनामा व्यापार घाटा पनि १८ प्रतिशतले घटेको छ।