सरकारले अर्थमन्त्रालयमा सचिव र राजश्व सचिव फेरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तोयम राया नयाँ अर्थ सचिव बनाएको छ भने रामप्रसाद घिमिरेलाई राजश्व सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए भने घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा थिए।
यसअघि अर्थ सचिव कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाल थिए।