वास्तवमै समस्यामा परेका ऋणीको कर्जा पुनरतालिकीकरण गर्न पूर्व अर्थमन्त्री युवराज खतिवडाले सुझाव दिएका छन्।
खतिवडाले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा यस्तो बताएका हुन्।
बैंकले कोभिडलगत्तै अन्धाधुन्ध कर्जा लगानी गरेकोले समस्या परेको तर त्यो कर्जा व्यवसायीले दुरुपयोग गरेको पनि उनले बताए।
'व्यवसायीहरूले चालू पुँजी भनेर स्थिर पुँजीमा लगानी गरेकोले ऋण तिर्न गाह्रो भएको हो,' उनले भने। केस बाई केस बेसिसमा वास्तवमै समस्यामा परेका व्यवसायीहरूको कर्जा पुनरतालिकीकरण गर्न भने सकिने उनले बताए।
उनले मुलुकको अर्थतन्त्रको जहाज झन्डै झन्डै लड्न लागेको भएपनि सम्हालिएको दाबी गरे।
अहिले उत्पादक क्षेत्रमा ६०-७० प्रतिशतले घटेको, व्यवसायीहरूले नयाँ लगानीको सोच त्यागेको सुनिएकोले राहत दिनैपर्ने
वास्तविक समस्यामा परेका ऋणीको कर्जा पुनरतालिकीकारण गर्नुपर्ने बताएका हुन्।
अहिले कर्जाको ब्याज घट्नुपर्ने भएपनि अहिले नै कर्जाको ब्याज एकल अंकमा नआउने खतिवडाले बताए।