उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिकमा १५.५३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनले उद्योग मन्त्रालयले साउनदेखि पुससम्ममा कुल बजेटको १५.५३ अर्थात् एक अर्ब ६२ करोड ७३ लाख रूपैयाँ मात्रै खर्च भएको उल्लेख गरेको छ।
चालु आर्थिक वर्षका लागि सो मन्त्रालयलाई १० अर्ब ४७ करोड ९० लाख रूपैयाँ विनियोजन गरिएको थियो।
कार्यान्वयन विधि निर्क्याैल नहुनु तथा औद्योगिक क्षेत्रको जग्गा विकासको लागि बस्ती व्यवस्थापन हुन सकेका कारण विनियोजित रकम कम खर्च भएको प्रतिवेदनमा उल्लेख छ।